१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


खुला भयो खुलामञ्च (तस्विरहरु)




ललितपुर खबर
२१ वैशाख ०७८, काठमाडौं । राजधानीको मुटु रत्नपार्कमा अवस्थित खुलामञ्च खुला गरिएको छ । पुरानो वसपार्कमा बहुतले भवन निर्णामका लागि खुलामञ्चमा सारिएपछि दरवारहाईस्कूलगायतका भवनहरु निर्माणका सरसामान राख्नका लागि खुलामञ्च प्रयोग गरिएको थियो ।


काठमाडौं महानगरले नयाँ बसपार्कबाट आउजाउ गर्ने बसहरुलाई ओरार्ने चढाउने प्रयोजनका लागि रत्नपार्क र भृकुटीमण्डपलाई उपभोग गर्ने गरि वसपार्क हटाइएको सूचना मार्फत जानकारी दिइएको छ ।


तत्कालीन बसपार्कमा बहुतले भवन निर्माण भने सकिएको छैन । ३ तला निर्माण भइसकेको यस भवनका केही तला वसपार्कको लागि प्रयोग गरिनेछ भने बाँकी सपिङ बल बन्नेछ ।
बसपार्कका टहरा हटाउने काम अन्तिम चरणमा रहेको महानगरले जनाएको छ । यी टहराका सामान काठमाडौं बाहिर एक स्कूल निर्माणमा लागि लगिदै छ ।


सरकारले रानीपोखरीदेखि रंगशालासम्म विविध संरचना निर्माणका लागि मास्टरप्लान सार्वजनिक गरेसँगै खुलामञ्च खुला भएको हो ।

 

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलबार  १० : ५६ बजे