
ललितपुर खबर
२२ वैशाख ०७८, ललितपुर । एनआईसि एशिया बैंकले कोरोना माहामारीको दोश्रो लहर आइरहेको बेलामा पनि चर्को व्याज असुली गरिरहेको तथ्य सार्वजनिक भएको छ ।
नयाँ वर्ष २०७७ वैशाख १ गतेबाट बैंकले ऋणीहरुलाई पत्र पठाएर सम्झौंता भएपछि व्याजदर बढाएर पत्र पठाउन थालेपछि यो तथ्य सामाजिक सञ्जालमा यसको विरोध सुरु भएको छ ।
नेपाल राष्ट्र बैंकको निर्देशन विपरित बैंकले पुराना ऋणीलाई २०७८ सालदेखि ब्याजदर बढेको भन्दै पत्र काटेको हो । घर कर्जा लिएका एक ग्राहकले व्याज बढेको पत्र आएपछि आफू आचार्यचकित भएको बताएका छन् ।
बैकले व्याज निर्धारण गर्ने औजार आधार दर हो । पछिल्लो समय बैकहरुको आधार दर ९.६१ रहेको थियो । आधार दरमा २ प्रतिशतसम्म अन्य बैकहरुले ऋण लगानी गर्ने भए पनि यस बैंकले झण्डै १६ प्रतिशत व्याज असुली सुरु गरेको हो ।
पछिल्लो समय लघु वित्तहरुले सामान्यतया १५ देखि १६ प्रतिशतसम्म व्याज लिदै आएका छन् । व्याज दर बढाउने औजारको रुपमा आधार दरलाई मानिन्छ । तर बैंकले आधार दरमा उल्यख्य बृद्धि नभई व्याज दर बढाएको भन्दै ऋणीहरु विरोध गर्दै आएका छन् । धेरै ऋणीहरु आफूले सम्झौंता गरेको भन्दा बढी व्याज नबुझाउने अडान लिइरहेका छन् ।
विराटनगर शाखाबाट केही समय अघि घर कर्जा लिएका दिनेश सुवेदीले आफूलाई बैंकले व्याज बढाएर अन्याय गरेको बताए ।
एनआईसि बैक एनआईसि एशिया शाखा विराटनगरका प्रमुख सञ्जिवकुमार दाहालले ऋणीलाई ब्याजदर बढाएको पत्र पठाइएको स्वीकार गरेका छन् ।
राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले उजुरी परेको खण्डमा कारवाही कारवाही प्रकृया थाल्ने बताएका छन् ।








प्रतिक्रिया