७ आश्विन २०८१, सोमबार | Tue Sep 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


एकैदिन ९ हजार ७० जनामा कोरोना संक्रमण, ५४ जनाको मृत्यु



फाइल तस्बिर

२३ वैशाख ०७८, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ हजार ७० जनामा कोरोना संक्रमित थपिएका छन्। यस्तै पछिल्लो २४ घण्टामा मात्रै देशभर कोरोनाबाट ५४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ३ हजार ९ सय ७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

मन्त्रालयका अनुसार काठमाडौँमा ३ हजार १ सय ६३, भक्तपुरमा २ सय ४२ र ललितपुरमा ५ सय ६७ जनामा संक्रमण पुष्टि भएको हो।

गत चौबीस घण्टामा २ हजार ७ सय ७ जनालाई डिस्चार्ज गरिएको छ। यसैगरी, गत चौबीस घण्टामा २० हजार ३ सय ६७ जनाको पीसीआर तथा ७ सय ७५ जनाको एन्टिजेन परीक्षण गरिएको छ।

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहिबार  ६ : ११ बजे