१ पुस २०८२, मंगलबार | Wed Dec 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


कोरोना संक्रमणबाट थप ५० को मृत्यु, ९, १९६ जना संक्रमित थपिए




२४ वैशाख ०७८, काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप ५० जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा मात्रै देशभर कोरोनाबाट ५० जनाको मृत्यु भएको हो।

शुक्रबार देशभर ९ हजार १ सय ९६ जना कोरोना संक्रमित थपिएका छन्। यसैगरी काठमाडौँ उपत्यकामा थप ४ हजार १ सय ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार काठमाडौँमा ३०८९ भक्तपुरमा ३७४ र ललितपुरमा ६४३ जनामा संक्रमण पुष्टि भएको हो।

यसैगरी, गत चौबीस घण्टामा १९ हजार ९८७ जनाको पीसीआर तथा ४९५ जनाको एन्टिजेन परीक्षण गरिएको छ।

 

प्रकाशित मिति : २४ बैशाख २०७८, शुक्रबार  ५ : ४० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।