१ पुस २०८२, मंगलबार | Wed Dec 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सभापति देउवाद्वारा खोपको भ्रष्टाचारमा संलग्नलाई कारवाहीको माग



फाइल तस्विर

२४ वैशाख ०७८, काठमाडौं ।  नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाले कोरोनाको महामारी भयावह भएका विषम परिस्थितिमा पनि अत्यावश्यक औषधि र कोरोना विरुद्धको खोप आयात गर्दा भएको भनिएको भ्रष्टाचारमा संलग्नलाई कारवाही गर्न माग गरेका छन् ।
कमिशनको कारण खोप आउन नसकेको कुरा सार्वजनिक भइसकेको जनाउँदै देउवाले जनताको जीवन रक्षा गर्ने औषधिमा पनि भ्रष्टाचार गर्नु अमानवीयता, अनैतिकता र गैरजिम्मेवारीको पराकाष्ठा र जनताविरुद्धको अक्षम्य अपराध भएकोे बताएका छन् ।
पूर्वप्रधानमन्त्री देउवाले आज शुक्रबार विज्ञप्तिमार्फत जिवनदायिनी औषधि र खोपको भ्रष्टाचारमा जोसुकै संलग्न भए पनि कडा कारवाही गर्न सम्बन्धित निकायसँग माग गरेका हुन् । सभापति देउवाले नेपाली जनताको जीवन रक्षा गर्न देशभर आवश्यक अक्सिजन, सघन उपचा कक्ष शय्या, खोपलगायत औषधिको तत्काल व्यवस्था गर्न उनले माग गरेका छन् ।
कोरोनाको यति लामो समयसम्मको निरन्तर प्रकोप भए पनि सरकारले नियन्त्रण र रोकथामको प्रभावकारी व्यवस्था नगरेको सभापति देउवाको आरोप छ देशमा व्याप्त विषम घडीमा सबैमा स्वास्थ्यका मापदण्ड अपनाउन तथा आफू र आफ्नो परिवारलाई सुरक्षित राख्न अनुरोध गर्दै सभापति देउवाले देशभरिका कांग्रेसका सदस्य तथा शुभेच्छुकलाई स्वास्थ सुरक्षाका मापदण्ड अपनाउँदै संकटमा परेकालाई सक्दो सहयोग गर्न आग्रह गरेका हुन् ।

प्रकाशित मिति : २४ बैशाख २०७८, शुक्रबार  ११ : ५५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।