१९ माघ २०८२, आइतबार | Sun Feb 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


६२ जिल्लामा निषेधाज्ञा, ५१ मा पूर्ण, ११ जिल्लामा आंशिक




२५ बैशाख ०७८, काठमाडौं । सरकारले कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि हालसम्म ६२ जिल्लामा निषेधाज्ञा जारी गरेको छ ।
आजसम्म ५१ जिल्लामा पूर्ण र बाँकी ११ जिल्लामा आंशिक निषेधाज्ञा लगाइएको गृह मन्त्रालयले जनाएको छ । आज थप पर्वतको जलजला गाउँपालिका वडा नम्बर २, ३ र ४ तथा वडा नम्बर ७ को बजार क्षेत्रमा निषेधाज्ञा लगाइएको छ। निषेधाज्ञा आज राति १२ बजेदेखि सुरु भइ आउँदो ३१ गते १२ बजेसम्म लागू हुनेछ ।

दार्चुला र सङ्खुवासभामा आइतबारदेखि निषेधाज्ञा सुरु हुनेछ । आउँदो जेठ चार गतेसम्मको विभिन्न मितिमा गरी १९ जिल्लामा निषेधाज्ञा थप गरिएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७८, शनिबार  १० : ३३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।