ललितपुर खबर
२४ वैशाख ०७८, गावाहाल । शुक्रबार अपरान्ह पाटनको सुनसान गावाहाल सडकमा एक हुल मानिस आइपुगेर एउटा ढोकाअगाडि उभिए । त्यही हुलको बीचमा श्रृगारले सझिएका बेहुला र बेहुली थिए । कार्यक्रम थियो बेहुली भित्राउने ।
नेवारी संस्कृती अनुसार सम्पन्न हुन लागेको यो विवाहमा व्याण्ड बाजा बजेको थिएन । न त जन्ती गाडी नै थियो । दुई वटा कारमा विवाहबाट फर्केका परिवारका सदस्य वेहुली भित्राउदै थिए ।
विवाहमा छिमेकीहरु घरको झ्यालबाट हेर्दै थिए । सहभागी परिवारका सदस्य भन्दै थिए । संकटको बेला विवाह भयो । खर्चसँगै देखावटी जामझाम भएन ।
प्रतिक्रिया