१ पुस २०८२, मंगलबार | Wed Dec 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


वागमती प्रहरी कार्यालयको मुख्यालय भवन शिलान्यास




२५ वैशाख ०७८, काठमाडौं । आन्तरिक मामिला तथा कानुन मन्त्रालय बागमती प्रदेशका सचिव मदन भुजेलले बागमती प्रदेश प्रहरी कार्यालयको मुख्यालय भवनको शनिबार एक कार्यक्रम बिच शिलान्यास गरका छन् ।
बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आर्थिक सहयोगमा बागमती प्रदेश प्रहरी कार्यालयको परिसरमा यस भवन निर्माण गर्न लागिएको हो । तीन वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको यस भवन १४१८१.६८ वर्गफिट क्षेत्रफलमा रहने तथा अनुमानित कुल लागत ३२ करोड रहेको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालय बागमती प्रदेशको सहयोगमा हालसम्म बागमती प्रदेश (उपत्यका बाहेक) अन्तर्गत ३४ वटा प्रहरी ईकाई निर्माण सम्पन्न भइसकेका, १२ वटा प्रहरी ईकाई निर्माणाधिन र चालु आर्थिक वर्षमा बागमती प्रदेश प्रहरी कार्यालयको मुख्यालय समेत गरी थप २१ वटा प्रहरी ईकाई निर्माणको लागि सम्झौता भई निर्माण कार्य प्रारम्भ भइसकेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  ५ : ५० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।