७ आश्विन २०८१, सोमबार | Tue Sep 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


पार्टी एकताका पक्षमा लाग्न अध्यक्ष ओलीको आह्वान




२६ वेशाख ०७८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई मजबुत पार्दै अघि बढ्ने कार्यमा सबैलाई सरिक हुन आग्रह गरेका छन् । प्रधानमन्त्री ओलिले बाहिर भ्रम फैलाइएजस्तो र हल्ला चलाइएजस्तो पार्टीले कसैलाई पनि काखापाखा वा पक्षपात नगरेको बताएका छन् ।
अध्यक्ष ओलीले आज आइतबार जारी गरेको प्रेस वक्तव्यमा भनिएको छ, “म यो कुरामा सबैलाई आश्वस्त पार्न चाहन्छु, तसर्थ पार्टीलाई मजबुत पार्दै अघि बढ्ने महान् कार्यमा सरिक हुन म सबैमा आग्रह गर्दछु ।”
अध्यक्ष ओलीले कुनै पनि तहमा पार्टीका सरकारलाई ढालिछाड्ने र विरोधीको दिग्विजय गराएर उत्सव मनाउनेजस्ता घातक र दुःखद् प्रवृत्ति आज पनि देखापरेको र त्यस्ता प्रवृत्ति कुनै हिसाबले उपयुक्त नभएको र हानिकारक भएको उल्येख गरेका छन् ।
“के यस्ता क्रियाकलापमा सरिक हुनेलाई इतिहासले माफी गर्ला ?, सोचौंँ, भोलि हामी जनतालाई के जवाफ दिन्छौँ ? तसर्थ यस्तो अपराध कर्ममा जानी नजानी कुनै पनि हिसाबले संलग्न नहुन म पार्टी अध्यक्षको हैसियतले सबैलाई हार्दिक आह्वान र आग्रह गर्दछु”, वक्तव्यमा भनिएको छ, “यो पार्टी हामीले बनाएको हाम्रो पार्टी हो, यस पार्टीका इमान्दार नेताकार्यकर्ता पार्टीलाई हानि पुग्ने र आन्दोलनलाई क्षति पु¥याउने कुनै पनि क्रियाकलापमा संलग्न हुँदैैनन् भन्नेमा म विश्वस्त छु ।”
“ नेकपा(एमाले) राष्ट्रिय राजनीतिको मूल प्रवृत्ति र प्रवाह बनेको छ”,वक्तव्यमा भनिएको छ, “जनताको आशा भरोसा र विश्वासको केन्द्रको पार्टी नेकपा (एमाले) लाई अझ सुदृढ र एकताबद्ध बनाउँदै अगाडि बढाउनुपर्ने प्रमुख दायत्वि आजको पुस्ताको हो ।”

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  ८ : १६ बजे