७ आश्विन २०८१, सोमबार | Tue Sep 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


प्रधानमन्त्रीले आज विश्वासको मत लिने




२७ वैशाख ०७८, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभा बैठका विश्वासको मत लिँदै छन् । आज दिउँसो १ बजे प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मतका लागि प्रस्ताव लैजान लागेका हुन् ।

प्रधानमन्त्रीले विश्वासको मत लिन खोजेपछि सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको अधिवेशन आह्वान गरेकी थिइन् ।

शीर्ष नेताहरुले मात्र सम्बोधन गरेर विश्वासको मतमा आजै मतदान गर्ने तयारी संसद सचिवालयको छ । कोरोनाबाट संक्रमित सदस्यहरुले पनि मतदान गर्न पाउने गरी विशेष व्यवस्था गरिएको संसद सचिवालयले जनाएको छ ।

 

 

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  ९ : २२ बजे