२ पुस २०८२, बुधबार | Wed Dec 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


नेकपा नेता खनाल कोरोना सङ्क्रमणमुक्त




२७ वेशाख ०७८, काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल कोरोना सङ्क्रमणमुक्त भएका छन् । नर्भिक इन्टरनेशल अस्पतालमा सङ्क्रमित भई उपचाररत उनी आइतबार साँझ सङ्क्रमणमुक्त भएका हुन् ।
उनका स्वकीय सचिव कृष्ण भट्टराईले आइतबार पिसिआर परीक्षण गर्दा सङ्क्रमण नदेखिएको बताए । उनका अनुसार सङ्क्रमणमुक्त भए पनि केही दिन चिकित्सकको सल्लाहमा नेता खनाल अस्पतालमै रहनु हुनेछ । सङ्क्रमति भएपछि यही वैशाख १८ गते अस्पतालमा भर्ना भएका पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्य सुधारोन्मुख रहेको स्वकीय सचिव भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  ९ : ३१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।