४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


मेरिल्याण्डमा अन्धाधुन्ध गोली प्रहार, एक नेपालीसहित ४ जनाको मृत्यु



एजेन्सी । अमेरिकाको मेरिल्याण्डमा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा चार व्यक्तिको मृत्यु भएको छ । मेरिल्याण्डको बाल्टीमोर काउन्टीमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गर्दा एक नेपालीसहित चार जना मारिएका स्थानीय प्रशासनले पुष्टि गरेको छ । मारिने अन्य व्यक्तिहरू ल्याटिन अमेरिकी रहेका पनि बुझिएको छ । मारिने नेपालीबारे भने केही खुलेको छैन ।

बाल्टिमोर काउन्टी प्रहरीले आक्रमण गर्ने व्यक्ति ५६ वर्षीय एभर्टन ब्राउन भएको र उक्त व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिने क्रममा गोली लागि मृत्यु भएको बताइएको छ ।

मानसिक रोगी रहेको उक्त आक्रमणकारीले ग्यास खोलेर आफ्नै घरमा समेत आगो लगाएपछि अन्धाधुन्ध गोली प्रहार गरेको बताइएको छ ।  आगलागीका कारण छिमेकमा रहेका अन्य दुई घरमा पनि सामान्य क्षति भएको छ । रासस/एएफपी

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  १० : १८ बजे