२ पुस २०८२, बुधबार | Wed Dec 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


संसद् विघटन गर्ने प्रधानमन्त्रीलाई विश्वासको मत माग्ने अधिकार छैनःअध्यक्ष दाहाल




२७ वैशाख ०७८, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् विघटन गर्ने प्रधानमन्त्रीलाई सदनमा विश्वासको मत माग्ने अधिकार नै नरहेको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको विश्वास छ भनी प्रष्ट पार्न आह्वान भएको प्रतिनिधिसभाको अधिवेशनमा भाग लिँदै उनले प्रधानमन्त्रीबाहेक सबैले प्रस्तावका विपक्षमा मतदान जाहेर गरेमा संविधान र लोकतन्त्रको रक्षा हुने बताए । पार्टी संसदीय दलका नेता दाहालले भने, “विघटन गर्ने व्यक्तिलाई सांसदसँग विश्वासको मत माग्ने अधिकार छ र प्रधानमन्त्रीजी रु फेरि पनि मध्यावधिमा सरकार जाने हो कि भन्ने जनताको संशय र प्रश्न छ ।”
विश्वासको मत र अधिवेशन बोलाउने तरिका पनि स्वाभाविक र तर्कसंगत नदेखिएको बताउँदै अध्यक्ष दाहालले विगतका गलत परम्परा र विसङ्गति दोहरिन दिन हुन्न भन्ने मान्यताका साथ संविधान बनाइए पनि गलत परम्परा पुनरावृत्ति भएको घटनाले आफूलाई दुखित तुल्याएको जनाए ।
देशमा अराजकताको अवस्था नआओस् भनेर वामगठबन्धनको प्रस्ताव आफूले नै राखेको घटना स्मरण गराउँदै अध्यक्ष दाहालले तर आज तीन वर्ष बित्दानबित्दै गठबन्धन र संविधानलाई नै कोरोना लागेर सघन उपचार कक्षमा राखेको जस्तो अवस्थामा पु¥याउने भूमिकाको प्रमुख जिम्मेवार को हो भनी प्रश्न रे ।
पूर्वप्रधानमन्त्रीले भने, “लोकतान्त्रिक अधिकारकै विषय भएकाले विश्वासको मतको प्रस्ताव आएकामा सम्मान गरेको छु तर प्रधानमन्त्रीलाई यो सदनले विश्वासको मत दिँदैन, वर्तमान सरकार गठन भएयताका समुच्च गतिविधि हेर्दा विश्वासको मत दिने अवस्था देखिन्न ।”
दलभित्र नेताबीच भएको लोकतान्त्रिक बहसलाई पार्टीको कचिङ्गल भन्न नमिल्ने बताउँदै उनले भने, “देशमा संविधान, राष्ट्रियता र कम्युनिष्ट आन्दोलनमा संकटको कारक म हो कि तपाईँ हो, तथ्यसंगत आधिकारिक प्रमाणित जवाफ तपाईँसँग छैन ।”

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  ५ : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।