२ पुस २०८२, बुधबार | Wed Dec 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


नयाँ सरकारको सरगर्मी : कांग्रेस पदाधिकारी बैठक बस्दै




२८ वेशाख ०७८, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएको छ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा आज मंगलबार अपराह्न ३ बजे बस्ने बैठकमा पछिल्लो राजनीतिक घट्नाक्रमबारे छलफल हुने उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओेलीले सोमबार प्रतिनिधिसभामा पेश गरेको विश्वासको मत अस्वीकृत भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानबमोजिम दुई वा दुईभन्दा बढी दलका समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रतिनिधिसभा सदस्यलाई प्रधानमन्त्रीका लागि दावी पेश गर्न आह्वान गरेका छन् ।
विश्वासको मत अस्वीकृत भएसँगै कांग्रेस सभापति देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संयुक्त वक्तव्यमार्फत बहुमतको सरकार गठनको आह्वान गर्न राष्ट्रपतिसँग आग्रह गरेका थिए ।

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  २ : ०९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।