२ पुस २०८२, बुधबार | Wed Dec 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


पूर्वराजा रानीको स्वास्थ्य सुधार, कोरोना संक्रमणमुक्त



फाइल तस्बिर

२८ वेशाख ०७८, काठमाडौं । पुर्वराजा ज्ञानेन्द्र र पूर्व रानी कोमल शाहको स्वास्थ्य अवस्थामा लगातार सुधार भइरहेको नर्भिक इन्टरनेशल अस्पतालले जानकारी दिएको छ । पुर्वरानीको स्वास्थ्य अवस्थामा सुधार आएपछि केही दिनदेखि सघन उपचार कक्ष ( आइसियू) बाट श्यया सारेर उपचार भइरहेको छ ।
अस्पतालका कर्पोरेट कम्युनिकेशन प्रमुख सोमनाथ बाँस्तोलाले पूर्व रानीको स्वास्थ्यमा सुधार आएपछि अक्सिजनको मात्रा समेत घटाउँदै लगिएको जानकारी दिएका छन् । उनका अनुसार पूर्व राजा ज्ञानेन्द्र शाह, रानी कोमल र पूर्व अधिराजकुमारी प्रेरणा शाह कोरोना सङ्क्रमणमुक्त भएका छ न् । उनीहरु तीनै जनाको पिसिआर परीक्षणका क्रममा नेगेटिभ रिपोर्ट आएको हो ।
पुर्व राजा रानीहरु कोरोनासङ्क्रमित भएपछि अस्पताल भर्ना भएका थिए । अस्पतालले पूर्व रानीको प्लाज्माथेरापी बिधिबाट उपचार थालिएको थियो । सङ्क्रमणमुक्त भएपछि पूर्वराजा शाहलाई अक्सिजन दिन छाडिएको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  ५ : ०९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।