
२८ वैशाख ०७८, काठमाडौं । सूर्यविनायक–धुलिखेल सडक खण्ड सरकारले आफैले विस्तार गर्ने भएको छ ।
जापानी सहयोग नियोग जाइकाले सडक विस्तारमा चासो नदेखाए पछि सरकारले आफ्नै स्रोतबाट सूर्यविनायक(धुलिखेल सडक विस्तार प्रक्रिया अघि बढाउन खोजेको हो ।
स्वदेशी स्रोतबाटै सूर्वविनायक–धुलिखेल सडक विस्तार गर्न खोजिएको सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले जानकारी दिए ।
‘आगामी आर्थिक वर्षबाट सूर्यविनायक(धुलिखेल सडक विस्तार प्रक्रिया अघि बढाउने लक्ष्य छ’, थापाले भने, ‘यसका लागि सरकारसँग बजेट माग गरिएको छ ।’
सरकारले बजेटको सूनिश्चिता दिएमा साउनमै ठेक्का प्रक्रिया अघि बढाउनेगरी तयारी अघि बढाइएको थापाले जानकारी दिए ।
सडक बिस्तारका लागि करिब ८ अर्ब रुपैयाँ लाग्ने विभागको प्रारम्भिक अनुमान छ । ४ लेनमा बिस्तार गरिने सडकमा सर्भिस लेन भने निर्माण गरिने छैन ।
काठमाडौंको माइतीघरदेखि भक्तपुरको सूर्यविनायसम्मको सडक ६ लेनमा बिस्तार भइसकेको छ । करिब १५ किलोमटिर सूर्यविनायक(धुलिखेल सडक खण्ड मुस्किलले २ लेनको छ । अरनिको राजमार्गका साथै बिपी राजमार्ग सञ्चालनमा आएसँगै सवारीको चाप बढ्दो छ । साँघुरो सडकका कारण पछिल्लो समय यो खण्डमा ट्राफिक जाम उच्च छ ।
कोटेश्वर–सूर्यविनाक र बिपी राजमार्ग (धुलिखेल(बर्दिवास) जाइकाको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको हो ।







प्रतिक्रिया