२ पुस २०८२, बुधबार | Wed Dec 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


कोरोनाका जटिल नयाँ बिरामी भर्ना लिन असमर्थ छौँ : मेडिसिटी




२८ वैशाख ०७८, ललितपुर । ललितपुर नख्खुस्थित नेपाल मेडिसिटी अस्पतालमा कोरोना र बिरामीको सुरक्षित उपचारमा अक्सिजनको अभाव भएको जनाएको छ । अस्पतालमा अहिले १२० भन्दाबढी कोरोना र १०० हाराहारीमा अन्य बिरामीको उपचार भइरहेको अस्पतालका प्रवक्ता डा. राज राणाले जानकारी दिएका छन् ।
चालीस भन्दा बढी भेन्टिलेटर सहित सघन उपचार कक्षमा रहेको यस अस्पतालले सम्पूर्ण क्षमता, जनशक्ति र संयन्त्रको उपयोग गरी कोभिडका बिरामीको उपचारमा गरिरहेको जनाएको छ ।
प्रत्येक दिन ४ सय पचास देखि ५ सय आवश्यक पर्नेमा १ सय सिलिण्डर मात्र अक्सिजन प्राप्त हुने गरेको जानकारी अस्पतालले दिदँँँै यस्तो परिस्थितिमा उपचार गर्न कठिनाई हुने भएकाले सहज आपूर्तिको व्यवस्था मिलाउन मन्त्रालय, सिसिएमसी र सम्बन्धित निकायसँग अपील गरेको छ । अक्सिजनको सहज आपूर्तिको सुनिश्चित नभएसम्म कोभिडका जटिल बिरामीको नयाँ भर्ना लिन असमर्थ रहेको अस्पतालले विज्ञप्ति मार्फत जनाएको छ ।

 

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  ९ : ०८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।