२ पुस २०८२, बुधबार | Wed Dec 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


थप ९ हजार ३ सय ५ जनामा कोरोना संक्रमण




२९ वैशाख ०७८, ललितपुर । नेपालमा थप ९ हजार ३ सय ५ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्यमा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर २० हजार ६ सय ६२ पीसीआर परीक्षणबाट ९ हजार २ सय ३८ र ४२४ एन्टिजेन परीक्षणबाट ६७ जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा कोरोनाबाट देशभर १६८ जनाको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ हजार २ सय ५२ पुगेको छ।

हाल देशभर १ लाख १ हजार ६३४ सक्रिय संक्रमित छन्। गत २४ घण्टामा ४ हजार ४४४ जना कोरोना संक्रमित डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  ५ : ०३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।