५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


निषेधाज्ञा उल्लंघन गरेको भन्दै ७ हजार जनालाई कारवाही



ललितपुर सातदोबाटो प्रहरी कार्यालय अगाडि अनावश्यक रुपमा हिडडुल गरेको भन्दै कारवाहीको क्रममा होल्ड गरिएका सर्वसाधारण । लेन्स : ललितपुर प्रहरी

२९ वैशाख ०७८, काठमाडौं । देशभरबाट गएकोे २४ घण्टामा निषेधाज्ञा उल्लंघन गरी हिँड्को भन्दै प्रहरीले ७ हजार ९९ जनालाई होल्डमा राखेर कारवाही गरेको छ ।
यस क्रममा १ हजार ३७ वटा गाडी र २ हजार ५ सय २० वटा मोटरसाइकल गरी ३ हजार ५ सय ५७ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएका प्रहरीको भनाई छ ।
नयाँ भेरियन्ट सहितको कोरोना संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ४ हजार ७ सय १२ जनालाई निःशुल्क मास्क वितरण गरिएको बताएको छ ।
नयाँ भेरियन्ट सहितको कोरोनाको संक्रमण बढ्दै गएको सन्दर्भमा यसबाट सिर्जना हुन सक्ने समस्या र चुनौतीलाई दृष्टिगत गरी संक्रमण रोक्न तोकिएको सुरक्षा मापदण्डलाई दुरुस्त रुपमा कार्यान्वयनका लागि नेपाल प्रहरीले ‘संक्रमणबाट आफू बचौँ र अरुलाई पनि बचाऔँ’ भन्नेनारा सहित ‘तपाईंको मास्क खै ?’ लगायतका विभिन्न सचेतनामूलक कार्यक्रमलाई अभियानकै रुपमा सञ्चालन गरिरहेको बताएको छ ।
अभियानको क्रममा कोरोना रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकार स्वास्थ्य मन्त्रालयद्वारा तोकिएको मापदण्ड उल्लंघन गर्ने ७ सय ९३ जनालाई संक्रामक रोग ऐन, २०२० बमोजिम जरिवाना गरिएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार देशभर संचालित सचेतनामूलक कार्यक्रममा १९ हजार ९९ जना सहभागी भएका छन् ।
कार्यक्रम अन्तर्गत नेपाल प्रहरीले विभिन्न स्थानहरूमा कोरोनाको जोखिम न्यूनीकरणको लागि सचेतनामूलक सन्देश सहितको माइकिङ, सवारी साधनहरूको जाँच, सचेतनामूलक प्लेकार्ड प्रदर्शन लगायतका कार्यक्रमहरू मार्फत भीडभाड नगर्न, अनावश्यक रुपमा घर बाहिर हिँड्डुल नगर्न, स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालनाका लागि मास्क तथा स्यानिटाइजरको सहि प्रयोग र नियमित मास्क लगाउन सबैमा अनुरोध समेत गरेको छ ।
कार्यक्रमलाई थप प्रभावकारी र सफल बनाउन नेपाल प्रहरीले अन्य सुरक्षा निकायलगायतका सरोकारवालाहरुसँग आवश्यक समन्वय, सहकार्य गरी अनुगमनलाई समेत तिब्रता प्रहरीको भनाई छ ।

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहिबार  ९ : ०१ बजे