१० पुस २०८१, बुधबार | Wed Dec 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


सिईडिबि हाइड्रोपावरकाे आईपीओ बाँडफाँट



३१ वैशाख ०७८, काठमाडौं । सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ) बाँडफाँट भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालयमा शुक्रबार आईपीओ बाँडफाँट भएको हो । कम्पनीको आईपीओमा १६ लाख ८५ हजार ६२७ वटा योग्य आवेदनबाट २ करोड ४६ लाख ४५ हजार ७३५ कित्ता शेयर माग भएको छ । यो सर्वसाधारणलाई निष्काशन गरेको २३ लाख ४१ हजार ९५४ कित्ताको १०.५२ गुणा बढी हो ।

कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार न्युनतम १० कित्ता दरले शेयर वितरण भएका छन् । त्यस अनुसार २ लाख ३४ हजार १९५ जनाले मात्रै न्युनतम १० कित्ताका दरले शेयर पाएका छन् । त्यसमध्ये ४ जनाले थप १ कित्ता शेयर पाएका छन् । बाँकी १४ लाख ५१ हजार ४३२ आवेदकको हात खाली भए ।

यस्तै कम्पनीको आईपीओमा आवेदन परेका ४ हजार ४४२ आवेदनहरु पनि रद्ध भएकाे छ । कम्पनीले बैशाख १७ गते देखि २१ गते सम्म सर्वसाधारणका लागी जारी पूँजी ८३ करोड ९४ लाख १० हजार रुपैयाँको ३० प्रतिशतले हुने २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको २५ लाख १८ हजार २३० कित्ता साधारण शेयर निष्काशन गरेको थियो ।

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  १ : ४३ बजे