३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


राप्रपाको केन्द्रीय महाधिवेशन स्थगित



फाइल तस्बिर

१ जेठ ०७८, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय महाधिवेशन स्थगित भएको छ।
कोरोना महामारीको बढ्दो प्रभावलाई मध्यनजर गर्दै राप्रपाले महाधिवेशन हाललाई स्थगित गर्ने निर्णय गरेको हो। तत्कालीन ३ पार्टीको एकता पछि बनेको राप्रपाले यही जेठ २२ देखि २५ गतेसम्म सम्पन्न गर्नेगरी महाधिवेशनको मिति निर्धारण गरेको थियो।

राप्रपाका तीनजना अध्यक्ष कमल थापा, पशुपति शमशेर जबरा र डा प्रकाशचन्द्र लोहनीसहितको शनिबार बसेको बैठकले हाललाई महाधिवेशन स्थगित गर्ने निर्णय गरेको हो।

महाधिवेशनको अर्को मिति भने तय भइसकेको छैन। उपयुक्त समयमा तोक्ने निर्णय भएको राप्रपाको केन्द्रीय सचिवालय प्रमुखद्वय ध्रुब बहादुर प्रधान र भास्क भद्राले विज्ञप्ति जारी गरी जानकारी दिएका छन्।

राप्रपाको शनिबार बसेको बैठकले कोरोना भाइरसको संक्रमण रोक्न स्वदेश र विदेशमा कुटनीतिक पहल गरी अन्तर्राष्ट्रिय सहयोग जुटाउन समेत सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ।

प्रकाशित मिति : १ जेष्ठ २०७८, शनिबार  २ : १४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।