१ जेठ ०७८, काठमाडौं । सरकारले ११ देशका लागि राजदूत सिफारिस गरेको छ। अष्ट्रिया, इजिप्ट, श्रीलंका, दक्षिण कोरिया, अष्ट्रेलिया, रूस, बर्मा, बहराइन, ब्राजिल, डेनमार्क र साउदी अरेबियाका लागि परराष्ट्रले ११ जनालाई राजदूत नियुक्ति सिफारिस गरेको हो।
मन्त्रिपरिषद्को बैठकले सिफारिस गरेको राजदूतहरुको सूची संसद सचिवालयमा सुनुवाइका लागि पुगेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।
राजदूत तथा स्थायी नियोगका प्रतिनिधि नियुक्तिसम्बन्धी निर्देशिका–२०७५ जारी गरेर ५० प्रतिशत परराष्ट्र सेवा र बाँकी राजनीतिक कोटामा नियुक्ति गर्ने नियम तय गरेपनि यो पटक परराष्ट्र सेवाबाट जम्मा दुई जनामात्रै सिफारिसमा परेका छन्।
निर्मलराज काफ्ले- अष्ट्रिया
जीवनप्रकाश श्रेष्ठ- इजिप्ट
रमेशचन्द्र पौडेल- श्रीलंका
कृष्णचन्द्र शर्मा- दक्षिण कोरिया
सुम्निमा तुलाधर- अष्ट्रेलिया
जंगबहादुर चौहान- रुस
नारायणप्रसाद संग्रौला- म्यानमार
युवराज कार्की- बहराइन
कुलप्रसाद नेपाल- ब्राजिल
सुमित्रा सुवेदी- डेनमार्क
मेराज मुसलमान- साउदी अरेबिया
प्रतिक्रिया