५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


प्रधानमन्त्रीको शपथमा ‘त्यो पर्दैन’ विरुद्ध सर्वोच्चमा रिट निवेदन




२ जेठ ०७८, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनियताको विषयमा आज सर्वोच्च अदालतमा रिट निवेदन पेश गरिएको छ ।
प्रधानमन्त्रीले लिएको पद तथा गोपनीयताको शपथबारे स्पष्ट गर्न र गैरसांसदलाई मन्त्री बनाउने काम बदर गर्न माग गर्दै सवोच्चमा रिट परेको हो । राष्ट्रपति र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय एवं गृहमन्त्री रामबहादुर थापा, ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझी, उद्योग, वाणिज्य र आपूर्तिमन्त्री लेखराज भट्ट, शहरी विकासमन्त्री प्रभु साह, खानेपानी तथा सरसफाइमन्त्री मणिचन्द्र थापा, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरी र युवा तथा खेलकूदमन्त्री दावा तामाङलगायतलाई विपक्षी बनाइएको छ ।
वरिष्ठ अधिवक्ता डा चन्द्रकान्त ज्ञवाली र अधिवक्ता लोकेन्द्र ओलीले आज दिएको निवेदनमा प्रधानमन्त्री ओलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले गराएको शपथ कुन कानूनअनुसार हो भन्ने खुलाउन माग गरिएको छ ।
निवेदनमा प्रधानमन्त्री ओलीले लिएको शपथमा केही शब्द उच्चारण नहुनु गैरसंवैधानिक भएको जनाउँदै आफूअनुकूल शब्द प्रयोग गरी शपथ ग्रहण गर्न नमिल्ने जिकिर गरिएको छ । निवेदनमा संघीय संसद्का सदस्य नै नभएका तर मन्त्रीको रुपमा शपथ लिनभएका सात जनाको नियुक्ति अन्तरिम आदेशद्वारा बदर गर्नसमेत माग गरिएको छ ।
प्रधानमन्त्री ओलीले सपथ ग्रहणका बेला प्रतिज्ञा गर्दछु वाक्याशं भन्नु पर्नेमा राष्ट्रपति विद्यादेवि भण्डारीलाई ‘त्यो पर्दैन’ भन्दै अघि बढ्न निर्देशन दिएका थिए ।

प्रकाशित मिति : २ जेष्ठ २०७८, आइतबार  ९ : ४४ बजे