५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


प्रधानमन्त्रीको शपथविरुद्ध ४ रिट दर्ता



३ जेठ ०७८, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख ३१ गते लिएको शपथ संविधान र कानुन विपरीत भएको भनी बदर गर्न माग गर्दै चारवटा रिट सर्वोच्च अदालतमा परेको छ ।

वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीसमेत, अधिवक्ता राजकुमार सुवाल, अधिवक्ता सन्तोष भण्डारीसमेत र अधिवक्ता नवराज अधिकारीसमेतले सर्वोच्च अदालतमा सोमबार छुट्टाछुट्टै रिट दर्ता गराएका हुन् ।

उनीहरुले प्रधानमन्त्री ओलीले वाचन गरेको शपथ राष्ट्रपतिले वाचन गरेको शपथ भन्दा फरक परेको भन्दै उक्त शपथ बदर गराउन माग गर्दै रिट दायर गरेका हुन् । रिटमा उक्त शपथ बदर गराएर फेरि शपथ गराउन र फेरि शपथ नगरी कामकाज गर्न नदिन आदेश माग गरिएको छ ।

वरिष्ठ अधिवक्ता ज्ञवाली, अधिवक्ताहरु लोकेन्द्रबहादुर ओली र केशरमणि केसीले दायर गरेको रिटमा प्रधानमन्त्रीको शपथ बदर र गैर सांसदको मन्त्री पद बदर गर्न माग गरिएको छ ।

शपथमा राष्ट्रपतिले उच्चारण गरेको शब्द नै प्रधानमन्त्रीले पनि उच्चारण गर्नुपर्ने भन्दै उनीहरुले प्रधानमन्त्रीले शपथको ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्द वाचन नगरी ‘त्यो पर्दैन’ भनेकाले राष्ट्रपति संस्थाको नै मानमर्दन भएको जिकिर गरिएको छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०७८, सोमबार  २ : ५७ बजे