५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


मंगलबार ८ हजार २०३ जनामा कोरोना संक्रमण




४ जेठ, ०७७ काठमाडौं । गएको २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा गरिएको परिक्षण पछि ८ हजार २०३ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ । २० हजार २८६ नमुनाको पीसीआर परीक्षण गर्दा ८ हजार १३६ जना र ६९३ नमुनाको एन्टिजेन परीक्षणपछियो संख्यामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
यो अवधिमा काठमाडौं उपत्यकाका २ हजार ६३५ जना हुन् । जसमा काठमाडौंका २ हजार ४९, ललितपुरका ३६५ र भक्तपुरका २२१ जना छन् ।
स्वास्थ्य मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामा १९६ जनाको मृत्यु भएको छ । यो संख्यासँगै नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ हजार ४११ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
साथै अहिलेसम्म नेपालमा कोरोना संक्रमितको जम्मा संख्या ४ लाख ७२ हजार ३५४ पुगेको छ । तीमध्ये अहिलेसम्म ३ लाख ५२ हजार ४१४ जना निको भएका छन् । भने निको हुनेको पछिल्लो २४ घण्टामा ६ हजार ८९१ जना रहेको छ ।
अहिले देशभर कोरोना सक्रिय संक्रमितको संख्या १ लाख १४ हजार ५२९ रहेको छ । उनीहरुमध्ये १ लाख ७ हजार ८२ जना होम आइसोलेसनमा रहेका छन् भने ७ हजार ४४७ जना संस्थागत आइसोलेसनमा छन् । १ हजार ५९० जनाको आईसीयू र ३९० जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

 

प्रकाशित मिति : ४ जेष्ठ २०७८, मंगलबार  ६ : २२ बजे