५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


यी ३० निजी अस्पतालमा कोरोनाको निःशुल्क उपचार गरिने



५ जेठ ०७८, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी अस्पताल तथा मेडिकल कलेजहरुसँग कोरोना संक्रमितको निःशुल्क उपचारका लागि सम्झौता गरेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सातै प्रदेशका ३० वटा निजी अस्पताल तथा मेडिकल कलेजहरुले कोरोना संक्रमितको निःशुल्क उपचार गराउन सम्झौता भएको हो । ३० वटा अस्पतालहरुले कोभिड–१९ केयर युनिट संचालन गर्न स्वास्थ्य मन्त्रालयसँग सम्झौता समेत गरिसकेका छन् । यी अस्पतालहरुमा उपचारका लागि पुग्ने कोरोना संक्रमितले आफैंले शुल्क तर्न नसक्ने भएमा उनीहरुको अस्पतालले निःशुल्क उपचार गर्नुपर्ने हुन्छ ।

हेर्नुहोस्

 

प्रकाशित मिति : ५ जेष्ठ २०७८, बुधबार  ९ : २७ बजे