१० पुस २०८१, बुधबार | Wed Dec 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


६ अङ्कभन्दा धेरैले बढ्यो नेप्से



६ जेठ ०७८, काठमाडौं । शेयर बजार काराेबार मापक नेप्से परिसूचक बिहीबार ६ अङ्कभन्दा धेरैले बढेको छ । नेप्से ६ दशमलव ३७ अङ्कले बढेर दुई हजार सात सय ८७ दशमलव १८ अङ्कमा पुगेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।

आज ६ वटा समूहको सूचक बढेको छ भने ८ वटा समूहको सूचक घटेकाे छ । सबैभन्दा धेरै विकास बैंक समूहको परिसूचक एक सय १३ दशमलव ४४ अङ्कले बढेको छ भने जीवन बीमा समूहको परिसूचक ७८ दशमलव ८५ अङ्कले घटेको छ ।

आज नाै अर्ब ३० करोड रुपैयाँभन्दा धेरैकाे दुई करोड एक लाख कित्ता शेयर किनबेच भएकाे छ । नेपाल रिइन्स्योरेन्स लिमिटेडको आज सबैभन्दा धेरै ३४ करोड ७० लाख रुपैयाँ बराबरकाे शेयर कारोबार भएको छ ।

आज गुडविल फाइनान्स कम्पनी लिमिटेड र मन्जुश्री फाइनान्स लिमिटेडको शेयर मूल्य १० प्रतिशत बढेको छ । पाँचथर पावर कम्पनी लिमिटेडको शेयर मूल्य भने साढे ६ प्रतिशतभन्दा धेरैले घटेको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०७८, बिहिबार  ५ : ०७ बजे