४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


१५३ सांसदको समर्थन रहेको भन्दै प्रधानमन्त्री पदमा ओलीको पनि दाबी



७ जेठ ०७८, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ प्रधानमन्त्रीमा पुनः दाबी गरेका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री ओलीले १५३ सांसदको हस्ताक्षरसहित विपक्षी गठबन्धनले दाबी गर्नु एक घण्टा अगाडि दाबी पेस गरेका हुन् ।

दावी पत्रमा जसपाको तर्फबाट अध्यक्ष महन्थ ठाकुर तथा संसदीय दलका नेता राजेन्द्र महतो र एमालेका अध्यक्ष एवम् दलका नेता केपी शर्मा ओलीकाे हस्ताक्षर रहेको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिएका छन् । प्रधानमन्त्रीको दावी गर्दै विपक्षी गठबन्धनका तर्फबाट कांग्रेस सभापति शेरबहादुर देउवा पनि १ सय ४९ सांसदको हस्ताक्षरसहित शीलतनिवासमा छन् ।

 

प्रकाशित मिति : ७ जेष्ठ २०७८, शुक्रबार  ५ : १० बजे