४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


शपथको ब्यहोरामा ‘प्रतिज्ञा गर्छु’ शब्द हटाइयो



८ जेठ ०७८, काठमाडौं । तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ लिने क्रममा भन्न अस्वीरका गरेको ‘प्रतिज्ञा गर्छु’ शब्दलाई अध्यादेशमार्फत हटाइएको छ ।प्रधानमन्त्री ‌ओलीले ‘प्रतिज्ञा गर्छु’ भन्न अस्वीकार गरेकोमा विवाद भएपछि सरकारले सपथसम्बन्धी अध्यादेश जारी गरेको हो । प्रधानमन्त्री ओलीले राष्ट्रपतिसमक्ष प्रधानमन्त्री पदको सपथ लिँदा ‘त्यो पर्दैन’ भन्दै ‘प्रतिज्ञा गर्दछु’ भन्ने शब्द भन्न अस्वीकार गरेका थिए ।

यस्तै अध्यादेशमा सपथ लिने व्यक्तिले ईश्वरको वा देश र जनताको भन्ने शब्दमध्ये एउटा कुन शब्द प्रयोग गर्ने हो भन्ने बारेमा शपथ अघि नै जानकारी गराउनुपर्ने व्यवस्था गरिएको छ ।

यस्तै शपथ लिँदा वा शपथ गराउँदा नेपाल सरकारले तोकेको औपचारिक पोशाकमा उपस्थित हुनुपर्ने व्यवस्था पनि गरिएको छ । तर अब आफ्नो संस्कृति र परम्परा वा पहिचान झल्किने मर्यादित भेषभूषा वा पोशाक लगाएर पनि शपथ लिन सकिने अध्यादेशमा व्यवस्था छ ।

 

प्रकाशित मिति : ८ जेष्ठ २०७८, शनिबार  ९ : ३२ बजे