४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


८ हजार ९८० कोरोना संक्रमित थपिए



८ जेठ ०७८, काठमाडौं । नेपालमा थप ८ हजार ९ सय ८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ५ लाख ५ हजार ६४३ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर १२९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ हजार १५३ पुगेको छ।

गत २४ घण्टामा ८ हजार ८ सय ४८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हाल देशभर १ लाख १५ हजार ८ सय ६ जना सक्रिय संक्रमित रहेका छन्। पछिल्लो २४ घण्टामा १९ हजार ३ सय ५७ पीसीआर र ७४८ एन्टिजेन परीक्षण भएको छ।

प्रकाशित मिति : ८ जेष्ठ २०७८, शनिबार  ६ : ०९ बजे