४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


संसद विघटनविरुद्ध रिट हाल्न सांसदहरु हस्ताक्षर संकलन गर्दै



९ जेठ ०७८, काठमाडौं । विपक्षी गठबन्धनले संसद विघटनविरुद्ध अदालतमा रिट हाल्ने तयारी स्वरुप हस्ताक्षर संकलन गरिरहेका छन्।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपाको उपेन्द्र यावद पक्ष, एमालेको नेता माधवकुमार नेपाल पक्ष तथा राष्ट्रिय जनमोर्चासहितका सांसदको हस्ताक्षर संकलन थालिएको हो।

संसद भवनमा छुट्टाछट्टै दलका सांसदको हस्ताक्षर संकलन गरेपछि संयुक्त बैठक बस्ने जनाइएको छ। धमाधम हस्ताक्षर संकलन भइरहेको नेताहरुले जनाएका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री बनाउनका लागि हस्ताक्षर गरेका सांसदहरुको हस्ताक्षरसहित सर्वोच्चमा संसद विघटनविरुद्ध रिट हाल्ने तयारीमा विपक्षी गठबन्धन छन्।

अहिले रिट लेखनको काम पनि भइरहेको नेताहरुको भनाई छ।

प्रकाशित मिति : ९ जेष्ठ २०७८, आइतबार  १ : २६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।