१९ माघ २०८२, आइतबार | Mon Feb 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


ललितपुरमा बैंकको २, विकास बैंक र फाइनान्सको एक,एक शाखा मात्र खुल्ने 



९ जेठ ०७८, ललितपुर ।  ललितपुरमा बैंकको २, विकास बैंक र फाइनान्सको एक,एक शाखा मात्र खुल्ने भएकाे छ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थहरुको शाखा कमभन्दा कम खोल्ने नीति लिएको हाे। कोभिड-१९ को दोस्रो संक्रमणका कारण बैंक तथा वित्तीय संस्थाका करिब १० हजार कर्मचारी संक्रमित छन्। संक्रमणमा पर्ने सर्वसाधारणको संख्या पनि बढ्दो छ।

यसैलाई ध्यान दिँदै संख्या घटाउन लागेको हो। अब काठमाडौंमा वाणिज्य बैंकका ३, विकास बैंकका २ र फाइनान्स कम्पनीका एक शाखा मात्र खुल्ने छन्।

ललितपुर जिल्लामा बैंकको २, विकास बैंक र फाइनान्सको एक/एक शाखा खुल्ने छन्। भक्तपुरमा सबैको एक/एक वटा मात्र शाखा खुल्ने छन्। शाखाहारु रोटेसन गरेर खुल्ने छन्। उदाहरणका लागि आज कान्तिपथको खुल्यो भने भोलि अर्को शाखा खुल्ने छ। यसअघि एक चौथाइ शाखा खोल्न दिइएको थियो।

प्रकाशित मिति : ९ जेष्ठ २०७८, आइतबार  ४ : ४३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।