४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


थपिए ७ हजार ९१४ नयाँ संक्रमित



९ जेठ ०७८, काठमाडौं । नेपालमा थप ७ हजार ९ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले १८ हजार ९ सय ६५ जनाको काेभिड परीक्षण गर्दा संक्रमण पुष्टि​ भएकाे हाे ।

आइतबार एक सय ९३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। त्यस्तै, ७ हजार ६ सय ६४ जना कोरोना मुक्त भएका छन्। भक्तपुरमा तीन सय ६६ ललितपुरमा ६ सय ९४ र काठमाडौंमा एक हजार ७ सय ६१ गरी काठमाडौं उपत्यकामा दुई हजार ८ सय २१ जना नयाँ  संक्रमित थपिएको उनले बताए।

देशभर सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ५४७ रहेको छ।  देशभरका कोभिड अस्पतालका आइसियुमा एक हजार ७ सय २१ जना र भेन्टीलेटरमा चार सय ८४ जना उपचाररत छन्।

 

प्रकाशित मिति : ९ जेष्ठ २०७८, आइतबार  ६ : ०९ बजे