१९ माघ २०८२, आइतबार | Mon Feb 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


सेयर किनबेचमा नयाँ रेकर्ड, एकै दिन सवा १३ अर्बको सेयर किनबेच



१० जेठ ०७८, काठमाडौं । साताको दोस्रो कारोबारकाे दिन सोमबार नेपाल स्टक एक्सचेञ्जमा हालसम्मकै उच्च कारोबार भएको छ। यस दिन १३ अर्ब १७ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ जुन हालसम्मकै नयाँ रेकर्ड हो। यस दिन २१६ कम्पनीको २ करोड ७१ लाख ४० हजार २०२ कित्ता शेयर १३ अर्ब १७ करोड ५३ लाख ५३ हजार १८८ रुपैयाँमा खरिद बिक्री भएको छ। यस दिन नेप्से सूचक पनि ३.०७ अंकले बढेर २८२३.०६ विन्दुमा पुगेको छ जुन हालसम्मकै उच्च विन्दु हो। सोमबार सेन्सेटिभ इन्डेक्स पनि १.३१ अंकले बढेको छ।

प्रकाशित मिति : १० जेष्ठ २०७८, सोमबार  ४ : ३९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।