४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


बुधबार भेटिए ६ हजार ७१४ कोरोना संक्रमित




१२ जेठ ०७८, काठमाडौं । गएको २४ घण्टामा देशभर ६ हजार ७१४ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाहरुमा १९ हजार ३० नमुनाको पीसीआर परिक्षण र ६ हजार ६७७ जना र ३२२ एन्टिजेन टेष्टमा ३७ जनामा संक्रमण पुष्टि भएको हो । यो अवधिमा ६ हजार ७१६ जना संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा यो अवधिमा १ हजार ४९३ संक्रमित थपिएका छन्, यीमध्ये काठमाडौंमा १ हजार १३९, ललितपुरमा २४१ र भक्तपुरमा ११३ जना थपिएका हुन् ।
पछिल्लो २४ घण्टामा जम्मा १४५ जना संक्रमितको मृत्यु भएको छ । योसँगै देशभर अहिलेसम्म ६ हजार ८४५ जनामो मृत्युु भइसकेको छ ।
अहिलेसम्म देशभरमा संक्रिय संक्रमितको संख्या १ लाख १७ हजार ७७ पुगेको छ ।

 

प्रकाशित मिति : १२ जेष्ठ २०७८, बुधबार  ५ : २१ बजे