४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


प्रतिनिधि सभा विघटनका मुद्दामा आजदेखि सुनुवाइ



१३ जेठ ०७८, काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध दायर भएका ३० थान मुद्दामध्ये १९ थान रिट निवेदनको सुनुवाइ आजदेखि शुरु हुँदैछ।

नियमित इजलासमा दर्ता भएका यी निवेदनकाे पेशी तोकिएका थिए। एक न्यायाधीशको इजलासमा यी निवेदनहरु पेश हुनेछन्। १९ मध्ये चार थान प्रधानमन्त्री केपी शर्मा ओलीलाई  संविधानको धारा ७६को ५ अनुसारको प्रधानमन्त्री नियुक्ति माग गरिएको निवेदन पनि रहेका छन्।

प्रतिनिधि सभा विघटनविरुद्ध दर्ता भएका जम्मा ३० थान निवेदनमध्ये केही शुक्रवार संवैधानिक इजलासमा दर्ता भएका छन्।

बिहीबार सुनुवाइ हुने निवेदनमा जेड ७ गते राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६को ५ अनुसारको सरकार गठनका लागि आह्वान गरेको प्रक्रिया नमिलेको तथा यो प्रक्रियामा पनि बहुमत हस्ताक्षर पेश गरेको अवस्थामा राजनीतिक दलहरुले बुझाएको सर्मथनको प्रमाणीकरण नै नगरी मनोगत रुपमा निर्णय गरेर विघटन गरेको जिकीर गरिएको छ।

यसरी विघटन गर्दा संविधानको धारा ७६को ३ अनुसारको सरकारको रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीले सिफारिस गरेको कार्य पनि गैर संवैधानिक भएको जिकीर अधिकांश रिटमा छ।

प्रकाशित मिति : १३ जेष्ठ २०७८, बिहिबार  १० : २२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।