१३ जेठ ०७८, काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धी सबै रिट संवैधानिक इजलासमा पठाएको छ । बिहीबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले प्रतिनिधिसभा विघटनसम्बन्धी सबै मुद्दा संवैधानिक इजलासमा पठाउने आदेश दिएको हो ।
प्रतिनिधिसभा विघटनसम्बन्धी ११ वटा मुद्दा यसअघि नै संवैधानिक इजलासमा दर्ता भएका छन् । संसद विघटनसम्बन्धी मुद्दामा संवैधानिक इजलासमा शुक्रबारका लागि पेशी तोकिएको छ ।
साधारण इजलासमा सुनुवाई भएका १९ वटा मुद्दलाई पनि सवैधानिक इजलासमा पठाइने भएको हो । प्रतिनिधिसभा विघटनका विरुद्धमा ३० वटा मुद्दा सर्वोच्च दर्ता भएका छन् ।
प्रतिक्रिया