८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


कल्पनाले पाइन् पहिलोपल्ट ओलम्पिकको वाइल्ड कार्ड




१४ जेठ ०७८ काठमाडौं । जापानमा हुने टोकियो ओलम्पिकका लागि नेपालकी सुटिङ खेलाडी कल्पना परियारले शुक्रबार वाइल्ड कार्ड प्राप्त गरेीा छिन् । अब उनले नेपालको प्रतिनिधित्व गर्दै टोकियो ओलम्पिकमा सहभागी हुने निश्चित भएको छ ।
कल्पनाले १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्ने छिन् । उनी टोकियो ओलम्पिकका लागि वाइल्ड कार्ड प्राप्त गर्ने पहिलो खेलाडी पनि भएकी छिन् । ‘नेपाल ओलम्पिक कमिटी र नेपाल सुटिङको अथक प्रयासपछि यो वाइल्ड कार्ड प्राप्त भएको छ,’ नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्दराज बैद्यले भने ।
जुलाई २३ देखि अगस्ट ८ सम्म टोकियो ओलम्पिक हुनेछ र कल्पनासँगै अन्य चार खेलाडीले प्रतियोगितामा सहभागी हुने निश्चित भइसकेको छ । पौडीकी गौरिका सिंह र एलेक्स शाह तथा म्याराथनका गोचीचन्द्र पार्की टोकियो ओलम्पिक अन्य तीन खेलाडी रहेका छन् ।
उनले अन्य खेलमा पनि वाइल्ड कार्डका लागि प्रयास भइरहेको बैद्यले बताए ।

प्रकाशित मिति : १५ जेष्ठ २०७८, शनिबार  ९ : २६ बजे