
१५ जेठ ०७८, ललितपुर । आज चार हजार ४८७ जनामा मात्रै कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ७५२ जनाको स्वाब परीक्षण गर्दा चार हजार ४८७ जनामा संक्रमण पुष्टि भएको हो। शुक्रबार २० हजार ११० जनाको स्वाब परीक्षण गर्दा ६ हजार ९५१ जनामा कोरोना देखिएको थियो।
त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाबाट ११६ जनाको ज्यान गएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या सात हजार १६३ पुगेको छ।
आज ६ हजार ८० जना निको भएका छन्। लगातार तीन दिन संक्रमित हुनेभन्दा निको हुनेको संख्या धेरै रहेको छ। योसँगै निको हुनेको संख्या चार लाख ३४ हजार ७६० पुगेको छ।








प्रतिक्रिया