११ पुस २०८१, बिहिबार | Thu Dec 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


उद्योग व्यवसाय क्षेत्रबाट बजेटको स्वागत




१६ जेठ ०७८, काठमाडौं । आर्थिक वर्ष २०७८\७९ को शनिबार प्रस्तुत बजेटका सम्वन्धमा मोरङका उद्यमी एवं व्यापारीले मिश्रित प्रतिक्रिया दिएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य राजेन्द्र राउतले कोरोना महामारी रोकथामका लागि आएको बजेट विनियोजन निकै स्वागतयोग्य र राम्रो पक्ष भएको बताएका छन् ।
उनले राजश्व उठाउने लक्ष्य ठूलो भएअनुसार कार्यान्वयन पक्षले बजेट सफल हुने या असफल हुने निर्धारण गर्ने बताए ।
उद्योग सङ्घठन मोरङका अध्यक्ष सुयशराज प्याकुरेलले कच्चा पदार्थ र तयारी वस्तुमा लाग्ने करमा दुई तहको फरक हुनु पर्छ भन्ने मागलाई एक तहको फरक पर्ने व्यवस्था भएकामा स्वागत गरे ।
नेपाल उद्योग परिसङ्घका प्रदेश अध्यक्ष भीम घिमिरेले सुनसरीको अमडुवामा रहेको छ ६५० बिघा जमीनमा आर्थिक क्षेत्र बन्नुपर्छ भनेर उठाइएको माग सम्बोधन भएकामा खुशी व्यक्त गरे । यसैगरी प्रदेशस्तरीय औद्योगिक प्रर्दशनीस्थलमा बजेट आएकामा स्वागतयोग्य छ भनेका छन् ।
पर्यटन उद्यमी भविष श्रेष्ठले सरकारी कर्मचारीलाई तलबसहित बिदा दिने भनी बजेटमा उल्लेख गरिएबाट आन्तरिक पर्यटन क्षेत्रको विकासमा सघाउ पुग्ने विश्वास व्यक्त्त गरे।
मोरङ व्यापार सङ्घका अध्यक्ष प्रकाश मुन्दडाले डिजेलमा लाग्दै आएको भ्याट रिफन्ड हुुनु र औद्योगिक व्यवसायिक क्षेत्रलाई बजेटले राम्रोसंँग समेट्न खोजेको धारणा राखेका छन् ।

प्रकाशित मिति : १६ जेष्ठ २०७८, आइतबार  ६ : १४ बजे