१५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


शेयर बजारमा फेरि नयाँ रेकर्ड, एकै दिन १७ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार



१६ जेठ ०७८, काठमाडौं । शेयर बजारमा फेरि नयाँ रेकर्ड कायम भएको छ । एकै दिन १७ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार भएसँगै नयाँ रेकर्ड कायम भएको हो । आज १७ अर्ब दुई करोड रुपैयाँ बराबरकाे चार करोड २६ लाख कित्ता शेयर किनबेच भएको हो ।

यस्तै आज नेप्से परिसूचक पनि साढे १२ अङ्कले बढेको छ । परिसूचक १२ दशमलव ५४ अङ्कले बढेर २८२७ दशमलव ०३ अङ्कमा पुगेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।

आज व्यापार, उत्पादन, माइक्रोफाइनान्स, लगानी र अरू समूहबाहेकका समूहको परिसूचक बढेको छ । सबैभन्दा धेरै विकास बैंक समूहको परिसूचक दुई सय ५५ दशमलव २५ अङ्कले बढेको छ ।

आज सबैभन्दा धेरै नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको ४७ करोड ४० लाख रुपैयाँ बराबरकाे शेयर कारोबार भएको छ । सबैभन्दा धेरै ज्योति विकास बैंक लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।

यस्तै आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडलगायत १६ कम्पनीको शेयर मूल्य पनि नाै प्रतिशतभन्दा धेरैले बढेको छ । वरुण हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य भने साढे ६ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०७८, आइतबार  ५ : ३९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।