४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


राष्ट्रियसभा उपनिर्वाचन : मतदान शुरु, मतपरिणाम भर्चुअल माध्यमबाट सार्वजनिक गरिने



तस्बिरः शान्ता चौधरीको फेसबुकबाट

१७ जेठ ०७८, काठमाडौं । लुम्बिनी प्रदेशअन्तर्गत राष्ट्रियसभामा रिक्त एक पदमा आज उपनिर्वाचन भइरहेको छ । राष्ट्रियसभा सदस्य रहेका चन्द्रबहादुर खड्का नेकपा (एमाले) प्रवेश गरेपछि नेकपा (माओवादी केन्द्र) ले कारबाही गर्दा रिक्त भएको पदमा उपनिर्वाचन भएको हो ।

दाङको घोराही उपमहानगरपालिकास्थित कर्मचारी मिलनकेन्द्रलाई निर्वाचन आयोगले मतदानस्थल तोकेको छ । उक्त मतदानस्थलमामा मतदान सुरु भएको छ ।

प्रदेशसभा सदस्यका लागि (क), गाउँपालिका अध्यक्ष–उपाध्यक्ष र नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि (ख) र कोभिड संक्रमितका लागि (ग) मतदान केन्द्र तोकिएको आयोगले जनाएको छ ।

उक्त निर्वाचनमा नेकपा एमालेको तर्फबाट चन्द्रबहादुर खड्का र विपक्षी गठबन्धनकातर्फबाट दृगनारायण पाण्डे उमेदवार छन् । पाण्डे नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा पार्टीका साझा उमेदवार हुन् ।

उपनिर्वाचनमा प्रदेशकातर्फसभा सदस्य ८३ र गाउँपलिकाका अध्यक्ष–उपाध्यक्ष, नगरपालिकाका प्रमुख–उपप्रमुख २१७ गरी जम्मा ३०० मतदाता छन् ।

बिहान ९ बजेदेखि सुरु मतदानको समय दिउँसो ३ बजेसम्मका लागि तोकिएको आयोगले जनाएको छ ।

निर्वाचनको नतिजा भर्चुअल माध्यमबाट आज नै सार्वजनिक गरिने छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०७८, सोमबार  १० : ०५ बजे