१५ माघ २०८२, बुधबार | Wed Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


जावलाखेल फुटबल क्लबका म्यानेजर ‘आइस ड्रग’सहित पक्राउ



१७ जेठ ०७८, ललितपुर। ललितपुर जावलाखेल फुटबल क्लबका म्यानेजर अनुप श्रेष्ठ ‘पार्टी ड्रग’ मानिने महँगो एम्फेटामाइन (आइस) लागूऔषधसहित पक्राउ परेका छन् । प्रहरी परिसर, ललितपुरको टोलीले श्रेष्ठसहित तीनजनालाई पक्राउ गरेको हो ।

ललितपुर प्रहरीका अनुसार श्रेष्ठको कोठाबाट ५० ग्राम एम्फेटामाइन, जोख्ने तराजु, प्याकिङका लागि राखिएका प्लास्टिक र ५० हजार रुपैयाँ बरामद भएको छ ।

सोमबार जिल्ला अदालत, ललितपुरबाट म्याद थप गरेर विस्तृत अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

श्रेष्ठ स्थानीय टोल सुधार समितिमा पनि आवद्ध छन् । आफैं पनि लागूऔषध प्रयोगकर्ता रहेका उनले खेलमैदानमै युवालाई लागूऔषध बिक्री पनि गर्ने गरेको प्रहरी दाबी छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०७८, सोमबार  ३ : ४० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।