१५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


कुमारीपाटी,जावलाखेल र इमाडोलमा सिजीनेटको इन्टरनेट सेवा सुरु



१८ जेठ ०७८, ललितपुर । कुमारीपाटी,जावलाखेल र इमाडोलमा चौधरी ग्रुप(सिजी) अन्तर्गतको सिजी कम्युनिकेशनले इन्टरनेट सेवा सुरु गरेको छ। मोबाइल सेवा सञ्‍चालनका लागि लाइसेन्स पाउन सफल नभएपछि सिजीले अन्तत: फिक्स ब्रोडब्यान्ड इन्टरनेट सेवा सुरु गरेको हो।

सिजीका एमडीसमेत रहेका निर्वान चौधरीले आजदेखि सिजी नेटको सेवा सुरु भएको जानकारी दिएका छन्।

द्रुत गतिको इन्टरनेट सस्तो मूल्यमा  दिन तत्पर रहेको कम्पनीले जानकारी दिएको छ।  सेवा सुरुको अवसरमा कम्पनीले १२० एमबीपिएसको इन्टरनेट कनेक्सनको मासिक शुल्क ९९९ रुपैयाँ निर्धारण गरेको छ। सिजीनेटले विभिन्न प्याकेज सुविधा दिएको छ। ३, ६ र १२ महिनाका लागि प्याकेज सार्वजनिक गरेको छ।

सुरुमा जडान गर्दा पनि कम्पनीले जडान शुल्क तथा तारलाई निशुल्क गरिएको जानकारी दिएको छ।  सिजीनेटको सेवा अहिले काठमाडौं उपत्यका भित्रका सिमित ठाउँमा रहेको छ। आगामी दिनमा सेवा विस्तार गर्दै जाने कम्पनीले जानकारी दिएको छ।

प्रकाशित मिति : १८ जेष्ठ २०७८, मंगलबार  ४ : १० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।