
१९ जेठ ०७८, ललितपुर । ललितपुरमा ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोदावरी नगरपालिका-३ मोतिचौर बस्ने सप्तरी सोम्भुनाथ नगरपालिका-२ घर भएका २० वर्षीय राम आशिस सदा रहेका छन् ।
गोदावरी नगरपालिका-३ मोतिचौरको निर्माणाधिन होटेल भवनभित्र सदाले आइतबार साँझ ती बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा महानगरीय प्रहरी प्रभाग बाडेगाउँबाट खटिएको प्रहरीले उनलाई मंगलबार पक्राउ गरेको हो ।







प्रतिक्रिया