जिल्ला प्रशासन कार्यालय सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतको संयोजकत्वमा उद्योग बाणिज्य संघ, नेपाल पत्रकार महासंघ र सुरक्षाकर्मीसहितको टोलीले निषेधाज्ञामा कालोबजारी रोक्न सुर्खेतका खाद्य, तरकारी तथा सब्जी मण्डी र औषधि पसलहरु अनुगमन गरेको छ । तस्वीर : शुरबहादुर सिंह\रासस
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८\७९ को बजेट सार्वजनिक गर्दै निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पाेरेशनबाट खाद्य पदार्थ खरिद गर्दा बीस प्रतिशतसम्म छुट पाइने बताएका थिए ।
दुई कम्पनीले बिक्री गर्दै आएको चामल, चिनी, नुन, तेल, तथा खाना पकाउने ग्यास खरिद गर्दा यो छुट पाइनेछ । खाद्य कम्पनीको अनलाइन होम डेलिभरी तथा साल्ट ट्रेडिङ कर्पाेरेशनको मोबाइल भ्यान तथा बिक्री काउन्टरबाट खाद्य पदार्थको खरिद गर्र्दा यो छुट पाइने व्यवस्था गरिएको थियो ।
कर्पाेरेशनले पिठो, चिनी, नून, भटमासको तेल र खाना पकाउने तेल तथा खाद्य कम्पनीले चामल र कर्णालीको सिमीमा २० प्रतिशत छुट दिनेछ । छुट लिन पहिचान खुल्ने प्रमाणपत्र लिएर जानुपर्नेछ ।
प्रतिक्रिया