४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


नेपालमा नयाँ भेरिएन्ट पत्ता लागेको छैन : डब्लुएचओ



२० जेठ ०७८, काठमाडौं । विश्व स्वास्थ्य सङ्गठनले नेपालमा कोरोना भाइरसको कुनै नयाँ भेरिएन्ट पुष्टि नभएको जनाएकाे छ ।

नेपालमा काेराेनाकाे नयँ भेरियन्ट फैलिएकाे भनेर हल्ला चलिरहेका बेला डब्ल्यूएचओकाे नेपालमा रहेकाे कार्यालयले बिहीबार आफ्नाे सामाजिक सञ्जाल फेसबुकमार्फत यसबारेमा जानकारी दिएकाे हाे ।

बेलायत सरकारले कोरोनाभाइरसको जोखिम रहेको राष्ट्रलाई रातो सूचीमा राख्दै भ्रमण तथा यात्रामा प्रतिबन्ध लगाउँदै आएको छ । आगामी दिनमा हुने सरकारी बिदामा नेपाललाई गन्तब्य सूचीमा राख्न सकिने भएपछि डेली मेलले उक्त समाचार प्रकाशन गरेको थियो ।

विश्व स्वास्थ्य सङ्गठनले भने नेपालमा अल्फा, डेल्टा र कप्पा गरी तीन स्वरुप मात्रै पुष्टि भएको जनाएको छ । विश्व स्वास्थ्य सङ्गठनले बी.१.१.७ लाई अल्फा, बी.१.६१७.२ लाई डेल्टा र बी.१.६१७.१ लाई कप्पा नामाकरण गरेको छ । कोरोनाको तीन वटा स्वरुपमध्ये नेपालमा हाल डेल्टा(बी.१.६१७.२) स्वरुप तीब्र रुपमा फैलिएको छ । कोरोनाको डेल्टा स्वरुप बेलायतबाट भारत भित्रिएको स्वरुप उत्परिवर्तन भएर नयाँ स्वरुप ग्रहण गरेको हो ।

 

प्रकाशित मिति : २० जेष्ठ २०७८, बिहिबार  ३ : ५८ बजे