४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


मन्त्रिमण्डल हेरफेरः तीन उपप्रमसहित नयाँ मन्त्रीको शपथ, हेर्नुहोस् कसले कुन मन्त्रालय पाए ?



२१ जेठ ०७८, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त उपपप्रधानमन्त्री र मन्त्रीले आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको गत वैशाख ३१ मा गठित वर्तमान सरकारमा आज जनता समाजवादी पार्टी नेपालका तर्फबाट समेत गरी उपप्रधानमन्त्री र अधिकांश नयाँलाई समावेश गरेर मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधिानबमोजिम नियुक्ति, हेरफेर र कार्यविभाजन भएको थियो ।
नवनियुक्त उपप्रधानमन्त्रीत्रयमा अर्थ मन्त्रालयसहित विष्णुप्रसाद पौडेल, परराष्ट्रसहित रघुवीर महासेठ र शहरी विकाससहित राजेन्द्र महतो छन् । जसपाबाट आठ र एमालेबाट चार मन्त्री कायम रहनुभएको छ भने जसपाबाट दुई राज्यमन्त्री नियुक्त भएका छन् ।
नवनियुक्त राज्यमन्त्रीले राष्ट्रपति भण्डारीका उपस्थितिमा प्रधानमन्त्री ओलीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् । नवनियुक्त मन्त्रीमा शरत्सिंह भण्डारी–ऊर्जा, जलस्रोत तथा सिँचाइ, शेरबहादुर तामाङ– स्वास्थ्य तथा जनसङ्ख्या, अनिलकुमार झा –खानेपानी, लक्ष्मणलाल कर्ण– भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण, विमल श्रीवास्तव–श्रम, रोजगार तथा सामाजिक सुरक्षा, उमाशंकर अरगरिया–संस्कृति, पर्यटन तथा नागरिक उडड्यन, चन्दा चौधरी– महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र एकवाल मियाँ– युवा तथा खेलकूद मन्त्रालयको जिम्मेवारीमा आएका छन् ।
राज्यमन्त्रीमा चन्द्रकान्त चौधरी ऊर्जा र रेणुका गुरुङ महिला मन्त्रालयमा नियुक्त हुनुभएको छ । हाल गृह, रक्षा, उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपक्षी विकास, वन तथा वातावरण, सङ्घीय मामिला तथा सामान्य प्रशासन र सञ्चार तथा प्रविधि मन्त्रालयको कार्यभार प्रधानमन्त्री ओलीले नै लिएका छन् । एमालेबाट यसअघि मन्त्री भएकामध्ये अर्थमन्त्री पौडेल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ, कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठ कायम रहेका छन् ।
उपप्रम पौडेल र महासेठबाट पदबहाली
यसैबीच नवनियुक्त उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले आज पदबहाली गर्नुभयो । त्यस्तै उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री महासेठले पनि आजै परराष्ट्र मन्त्रालयमा पदबहाली गरेका छन् ।
उनलाई परराष्ट्र सचिव भरतराज पौड्याल र अन्य कर्मचारीले मन्त्रालयमा स्वागत गरेका थिए ।

 

क्र.सं.   नाम, थर पदनाम कार्यविभाजन
श्री केपी शर्मा ओली प्रधानमन्त्री उद्योग, बाणिज्य तथा आपूर्ति; कृषि तथा पशुपन्छी विकास; गृह; रक्षा;  वन तथा वातावरण; सङ्‍घीय मामिला तथा सामान्य प्रशासन र सञ्चार तथा सूचना प्रविधि
श्री विष्णुप्रसाद पौडेल उपप्रधानमन्त्री अर्थ
श्री रघुबीर महासेठ उपप्रधानमन्त्री परराष्ट्र
श्री राजेन्द्र महतो उपप्रधानमन्त्री शहरी विकास
श्री शरतसिंह भण्डारी मन्त्री ऊर्जा, जलस्रोत तथा सिंचाई
श्री कृष्णगोपाल श्रेष्ठ मन्त्री शिक्षा, विज्ञान तथा प्रविधि
श्री अनिलकुमार झा मन्त्री खानेपानी
श्री शेरबहादुर तामाङ मन्त्री स्वास्थ्य तथा जनसङ्ख्या
श्री लक्ष्मणलाल कर्ण मन्त्री भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
१० श्री बसन्तकुमार नेम्वाङ मन्त्री भौतिक पूर्वाधार तथा यातायात
११ श्री लिलानाथ श्रेष्ठ मन्त्री कानून, न्याय तथा संसदीय मामिला
१२ श्री बिमलप्रसाद श्रीवास्तव मन्त्री श्रम, रोजगार तथा सामाजिक सुरक्षा
१३ श्री उमाशंकर अरगरिया मन्त्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
१४ श्री चन्दा चौधरी मन्त्री महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
१५ श्री एकवाल मियाँ मन्त्री युवा तथा खेलकुद
१६ श्री चन्द्रकान्त चौधरी राज्यमन्त्री ऊर्जा, जलस्रोत तथा सिंचाई
१७ श्री रेणुका गुरूङ राज्यमन्त्री महिला, बालबालिका तथा ज्येष्ठ नागरिक

 

 

प्रकाशित मिति : २१ जेष्ठ २०७८, शुक्रबार  १० : ३८ बजे