४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


धापाखेलमा ट्रक पल्टेपछि चालक फरार




ललितपुर खबर
२५ जेठ ०७८, धापाखेल । ललितपुरको धापाखेलमा एक ट्रक पल्टाएर चालक फरार भएका छन् ।
सोमबार राती १० बजेको समयमा ललितपुरको लेलेबाट लगनखेलतर्फ गइरहेको ना २ ख ८२७४ नम्बरको ट्रक ठेचोको ओरालोमा पल्टेपछि चालक हरि तामाङ चालक फरार भएका हुन् । पल्टेको ट्रक ढुंगा बोकेर गइरहेको थियो । धापाखेल दोबाटोसँगै धुम्तीबाट अगाडिको टायर बाहिर गएपछि ट्रक पल्टेको हो ।
चालक चापागाँउका तामाङ् हुन् । स्थानीयले उनी सामान्य घाइते भएको बताए ।
ट्रकबाट ढुंगा अर्को गाडीमा लोड गरिरहेको अवस्थामा भेटिएका एक मजदुरका अनुसार ट्रक ललितपुर लेलेस्थित एचवि इट्टा भट्टाको हो । मंगलबारसम्म चालक सम्पर्कमा आएका छैनन् भने मोवाइल अफ छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०७८, मंगलबार  ५ : ०० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।