८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


दक्षिण ललितपुरमा जन्मियो साहित्यिक प्रतिष्ठान ‘वाग्मिता’



तस्विर श्रोत : गुगल

ललितपुर खबर
२५ जेठ ०७८, चापागाँउ । दक्षिण ललितपुरमा साहित्यक प्रतिष्ठान जन्मिएको छ । सोमबार भर्चुअल माध्यमबाट वाग्मिता साहित्य प्रतिष्ठान नामको तदर्थ समिती गठन गरिएको नवनियुत्तः अध्यक्ष नवराज सञ्जेलले ललितपुर खबरलाई बताए ।
स्थानीय तह सञ्चालन ऐनमा भाषा, साहित्य र कलालगायतको संरक्षण स्थानीय तहले गर्ने व्यवस्था अनुरुप प्रतिष्ठान गठन गरिएको अध्यक्ष सञ्जेलले बताए । उनले भने, ‘हामी कार्यसमिती बनाउने चरणमै छौं । कार्यसमितीले प्रस्तावना लिएर गाँउपालिकामा जान्छ । गाँउपालिकाको सहयोग नभए पनि साहित्यको सेवामा हामी काम गर्छौ ।’
सञ्जेलका अनुसार साहित्यसँगै कला र संस्कृतीलगायत विषय समेटेर बृहत संस्था बनाउने वा साहित्यको प्रर्बद्धनमा मात्रै काम गर्ने भन्ने विषय बहसमै रहेको बताए । केही समयपछि साहित्यकारहरुको भेला गरी कार्यसमिती निर्माण गर्ने योजना रहेको सञ्जेलले बताए । भने, ‘हामी साहित्यकारहरुको सदस्यता खुला गर्नेछौं ।’ उनका अनुसार यस पैतिष्ठानमा वागमती गाँउपालिकाका वा यस क्षेत्रमा कार्यक्षेत्र बनाएर काम गर्नेहरुलाई समेटिनेछ ।
प्रतिष्ठानको वागमती गाँउपालिकाका अध्यक्ष वीरबहादुर लोप्चन र उपाध्यक्ष रन्जना घिमिरे प्रमुख पदेन सल्लाहकार तथा सामाजिक विकास समिति संयोजक विजयकुमार लो र स्थानीय साहित्यकार गोपाल सञ्जेल सल्लाहकार छन् ।
प्रतिष्ठानको उपाध्यक्षमा कृष्ण बल, सचिव रोशन दाहाल, सहसचिव नवीन तिमल्सिना, कोषाध्यक्ष सिकारु राम रहेका छन् ।
कार्यसमिति सदस्यहरुमा अर्जुन दाहाल मिलन,शकुन्तला धिमाल,बिशाल दुलाल,सन्तोष दाहाल,बुद्धराम थिङ,वसन्ती थापा,अन्जना दाहाल, बाबुलाल स्याङ्तान चयन भएका छन् ।
दक्षिण पुर्वी ललितपुरको गोटिखेलमा सुनगाभा साहित्यिक सदनले केही बर्षदेखि साहित्यिक विधामा विभिन्न गतिविधि गरिरहेको छ ।

 

प्रकाशित मिति : २५ जेष्ठ २०७८, मंगलबार  ६ : ३८ बजे